म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका-१ बेगका २५ वर्षीय प्रताप सिञ्जालीको मृत्युको अनुसन्धानका लागि स्थानीय तीन यूवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

मृतक सिञ्जालीसँगै असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएको अवस्थामा १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकसँग सँगै गएका स्थानीय २३ बर्षिय लेकप्रसाद पाईजा, हरि रोका र २४ बर्षिय बेगबहादुर फगामीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘मृतकको शरीरमा चोट देखिएपछि अनुसन्धान प्रक्रिया सुरु भएको छ,‘अहिले हिरासतमै राखेर अनुसन्धान सुरु गरेका छौ’ प्रनाउ कुँवरले भन्नुभयो । उहाँका अनुसार पोष्टमार्टम रिर्पोटमा घटनास्थलको निरीक्षणको क्रममा संस्कापद गतिविधि देखिएकाले प्रमाण मेट्न नदिने गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

घटनास्थलमा स्थानीय, जनप्रतिनिधिसँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीको टोली अचेत अवस्थामा भेटिएपछि चारपटकसम्म घटनास्थलमा पुगेको थियो ।प्रहरी नायब उपरीक्षक कुँवर आफैँ घटनास्थल पुगेर अनुसन्धान गर्नुभएको थियो ।मृतक सिञ्जालीको दायाँ र बायाँका दुईरदुईवटा करङ भाँचिएको, शरीरमा निलडाम भएको, फोक्सोमा पानी जमेको र टाउकोमा गहिरो चोट लागेको पोष्टमार्टम रिर्पोटले देखाएको छ । मृतक सिञ्जाली दुर्घटनाबाट लडेर चोट लागेको वा कुनै कारणले शरीरमा असर गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

अचेत अवस्थामा भेटिएका सिञ्जालीलाई असोज ७ गते बेगखोला स्वास्थ्यचौकी, बेनी अस्पताल हुँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । घटनास्थलमा मृतक सिञ्जालीसँग भएका तीन जनाको रुइसेमा भनाभन भएका देखि बास बसेको रेष्टुरेन्ट लगायत सँगै रहेका सबै अनुसन्धानमा तानिएका छन् ।

Leave a Reply