म्याग्दीबाट काठमाण्डौ गएका एक पुरुषमा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ घर भएका ३९ बर्षिय पुरुषको काठमाण्डौको स्टार अस्पतालमा पिसिआर परीक्षणको क्रममा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

असोज २१ गते म्याग्दीबाट काठमाण्डौ गएर २४ गते स्टार अस्पतालमा पिसिआरका लागि परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो।‘संक्रमति होटलको आइसोलेन कक्षमा हुनुहुन्छ,‘उहाँको सम्पर्कमा रहेकालाई घरमै क्वारेन्टाइनमा राखेका छौ’ लम्सालले भन्नुभयो।

बैदेशिक रोजगारीबाट ७ महिना अगाडी फर्किएर घरमै बसेको अवस्थामा पुनः विदेश जाने तयारीका लागि काठमाण्डौ गएको अवस्थामा कोरोना देखिएपछि संक्रमतिको सम्पर्कमा रहेकाको कन्ट्रयाक्ट ट्रेसिङको काम समेत सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमतिको परिवारको पहिचान भएकाले संक्रमतिबाट काठमाण्डौ जानु अगाडी गाउँमा भेटघाट सहित अन्य सम्पर्कमा रहेकालाई समेत होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ।

यसअगाडी बेनी नगरपालिका ७ मंगलाघाट र मालिका गाउँपालिका ५ देविस्थानबाट उपचारका लागि पोखरामा दुई महिलामा कोरोन पुष्टी भएको थियो । दुबै संक्रमतिको सम्पर्कमा रहेका १४ जना होम क्वारेन्टाइनमा छन् । जिल्लाबाट बाहिर उपचारको क्रममा धमाधम कोरोना देखिन थालेपछि समुदायमा कोरोना फैलिने जोखिम बढेको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

Leave a Reply