म्याग्दीबाट काठमाण्डौ गएलगत्तै कोरानाको पुष्टी भएका एक यूवा असोज १२ गते रात्रीबसमा काठमाण्डौ गएर १३ गते रात्रीबसमै म्याग्दी फर्किएको पाइएको छ ।

मंगला गाउँपालिका–१ थाईवाङ घर भएका ३९ बर्षिय संक्रमति असोज १३ गते दिनभरी आफ्नो ब्यक्तिगत काम घर फर्किएको स्थानीयको भनाई छ ।
काठमाण्डौको स्टार अस्पतालमा पिसिआर परीक्षणको क्रममा कोरोना पुष्टी भएपछि गाउँमा उच्च सर्तकता अपनाइएको छ ।

लकडाउनको समयमा विदेशबाट घर फर्किर पुनः खाडीमुलुक जाने तयारीमा रहेको अवस्थामा कोरोना देखिएपछि संक्रमतिको सम्पर्कमा रहेका परिवार, आफन्त र स्थानीयलाई होम क्वारेन्टाइनमा बस्न समुदायस्तरबाट समेत अनुरोध गरिएको थाईबाङ आधारभुत विद्यालयका शिक्षक भलिभद्र गौतमले बताउनुभयो ।

‘कोरोना देखिएको जानकारी पाएपछि गाउँले त्रसिसत नभई सतर्कत छन्,‘संक्रमतिको परिवारलाई पनि उच्च मनोबलका साथ घरमै बस्न अनुरोध गरिएको छ’ गौतमले भन्नुभयो ।

गौतमका अनुसार विश्वब्यापी फैलिएको संक्रमण भएकाले सबैले मिलेर समाना गर्नुपर्छ भन्ने सन्देशका साथ थाईबाङबासीले सुरक्षित बस्ने, विद्यालयका विद्यार्थीलाई घरदैलोमा आवतजावतमा रोक लगाएको छ ।

बैदेशिक रोजगारबाट फर्किएर गाउँमै कृषि र समान्य फर्निचर ब्यवसायमा संलग्न रहेको अवस्थामा भेटघाट भएकाहरुको परिवारमार्फत समेत सम्पर्कमा ल्याएर घरमा अलग्गै बस्न अनुरोध गदैं स्वास्थ्यकर्मी सहितको टोली समेत घरदैलोमा पुग्ने तयारीमा छन् ।

संक्रमति यूवाअसोज २१ गते म्याग्दीबाट काठमाण्डौ गएर २४ गते स्टार अस्पतालमा पिसिआरका लागि परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो।

संक्रमतिको सम्पर्कमा रहेकालाई बेनीबाटै टोली खटिएर कन्ट्रयाक्ट ट्रेसिङको काम समेत सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसअगाडी बेनी नगरपालिका ७ मंगलाघाट र मालिका गाउँपालिका ५ देविस्थानबाट उपचारका लागि पोखरामा दुई महिलामा कोरोन पुष्टी भएको थियो ।

दुबै संक्रमतिको सम्पर्कमा रहेका १४ जना होम क्वारेन्टाइनमा छन् । जिल्लाबाट बाहिर उपचारको क्रममा धमाधम कोरोना देखिन थालेपछि समुदायमा कोरोना फैलिने जोखिम बढेको स्वास्थ्यका जानकारहरु बताउँछन्।

Leave a Reply