नेपाल जेसिज-२०२१ को महाधिवेशनमा म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यूवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससँगै सामाजिक एवम् मानवीय सेवामा सक्रिय बरुवालले उम्मेदवारी घोषणासँगै रचनात्मक सहयोगको अपिल समेत गरेका छन् । जेसिज अभियानमा छोटो समयमै आफ्नो अमूल्य समयलाई योगदान गर्देै युवा नेतृत्वमा अग्रसर बरुवालले म्याग्दी जेसीजमा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

कोरोना भाइरस बिरुद्धको अभियानमा समेत विभिन्न कार्यक्रम तथा अनलाइन बैठक, अन्तरक्रिया कार्यक्रमहरु समेत सञ्चालन गरी नेपाल जेसीजबाट उत्कृष्ट सम्मान प्राप्त गरेका बरुवालले जेसिजमार्फत केन्द्रमा बसेर काम गर्ने लक्ष्यका साथ उम्मेदवारी दिएको बताए । उम्मेदवारी घोषणासँगै बरुवालले विभिन्न शाखाबाट सर्मथन समेत आउने क्रम जारी रहेको म्याग्दी जेसीजले जनाएको छ ।

Leave a Reply