म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका एक यूवा २५ दिनदेखि सम्पर्कविहिन भएका छन् । काठमाण्डौको गोगंबुमा बस्दै आएका २८ बर्षिय सुवास सुबेदी असोज ३ गतेदेखि बेपत्ता भएका हुन् ।

लामो समयदेखि आध्यामिक ध्यानमा लागेका सुबेदीले शिवपुरी क्षेत्रमा रहेका साथीलाई भेट्न जाने काम छ भन्दै निस्किएर सम्पर्कमा नआएको आफन्तको भनाई उद्धित गदैं यामनाथ सुबेदीले जानकारी दिए ।

‘खोजीकार्यमा अहिलेसम्म कुनै प्रगति भएको छैन्,‘काठमाण्डौ बाहिर गएजस्तो देखिदैन’ सुबेदीले भने । प्रहरी, आफन्त र ध्यान केन्द्रमा समेत रहेका साथीहरुबाट तीव्ररुपमा खोजतलास भएपनि अवस्था भने अझै अज्ञात छ ।

परिवारले हुलिया सहित नजिकैको प्रहरी चौकीमा जानकारी समेत गराएका छन् । बेपत्ता भएका सुबासको मोवाईल समेत अफ छ । आध्यामिक क्षेत्रमा लागेकाहरु लामो समयसम्म एकान्तमा ध्यानमा बस्न रुचाउने भएकाले पनि कुनै ठाउँमा गएको अनुमान समेत गरिएको छ ।

Leave a Reply