---Advertisement---

म्याग्दी कारागारका कैदीबन्दीलाई खेलकुद साम्रागी सहयोग

On: October 14, 2020 12:00 PM
Follow Us:

म्याग्दी जेसीजले कारागारमा रहेका कैदीबन्दीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ । म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुले बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजना गर्ने आन्तरिक खेलकुद प्रतियोगीताका लागि जेसीजले रु १२ हजार बराबरको बल, नेट लगायतका खेलकुद सामाग्री सहयोग गरेको महासचिव सुमन बानियाँले जानकारी दिनुभयो ।

बुधबार विहान आयोजित कार्यक्रममा शाखा अध्यक्ष सुजन बरुवाल, निवर्तमान अध्यक्ष खम थापा मगर, कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठ लगायत जेसीजका पदाधिकारीहरुले कारागारका प्रमुख राजेन्द्र शर्मालाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो । म्याग्दी कारागारमा १२६ जना कैदीबन्दी रहेका छन् ।