पोखरामा पीसीआर परीक्षण गराउनका लागि नमुना दिएर सार्वजनिक यातायातमा बेनी आएर होटल क्वारेन्टाइनमा बसेका एक यूवामा कोरोना पुष्टी भएको छ।

भारतीय सेनामा कार्यरत बेनी नगरपालिका–३,भकिम्लीका दुई यूवाले असोज २५ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि नमुना दिएर फर्किने क्रममा कालिपुलको होल्डिङ सेन्टरमा परिचय खुलेपछि बेनीकै एक होटलको क्वारेन्टाइनमा बसेको अवस्थामा एक जनामा कोरोना देखिएको हो ।

‘उहाँहरुलाई पिसिआरको रिर्पोट ल्याउन आउनुहोला भन्दै पठाइएको रहेछ,‘रसिद मात्रै देखाएपछि होटलमा सुरक्षित बस्नुभएको थियो’स्वास्थ्य कार्यालयमा प्रमुख एकनारायण लम्सालले भन्नुभयो। उहाँले पिसिआर परीक्षणको रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइन वा तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो ।

‘पोखराबाट सिधै घरमा पुगेको भए अवस्था थप जटिल हुन्थ्यो,‘म्याग्दीमा समुदायस्तरमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ’ स्वास्थ्य कार्यालय प्रमुख लम्सालले भन्नुभयो । उहाँले नमुना दिएर फर्कँदा बाटोमा संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ ।

संक्रमणको शंकामा नमुना दिएर फर्की आइसकेपछि जनस्वास्थ्यका न्युनतम मापदण्ड पालना नगरी भिडभाडमा निस्कने जोखिम समेत रहेकालेजिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई सचेत हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । चाडपर्वमा समुदायमा जिल्ला बाहिरबाट आएका शंकास्पद ब्यक्तिहरु देखेमा जनप्रतिनिधिलाई खवर गर्न समेत अपिल गरिएको छ ।

Leave a Reply