म्याग्दीको समुदायमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयले बुधबार सात बुँदे अपिल जारी गरेको छ । जिल्लाबाट पोखरा काठमाण्डौमा उपचारका लागि गएका र उपचार गरी फर्किनेमा कोरोना संक्रमणको पुष्टी भएपछि थप सर्तकता अपनाउन म्याग्देली समुदायलाई अपिल गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मायाँ कुँवरद्धारा जारी अपिलमा चाडपर्वमा बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने, स्थानीय तहले स्वंयमसेवक दस्ता बनाई अनुगमन गर्ने अनुरोध गरिएको छ ।

त्यस्तै होल्डिङ सेन्टरलाई प्रभावकारी बनाउने,कुनैपनि खेलकुद, मेलापर्वको आयोजना नगर्ने, दशैंतिहारमा विगतमा गरिने जमघटलाई निरुत्साहित गर्ने, दशैंमा मन्दिर, कोट र शक्ती पिठमा दुईजना पुजारीले नित्य पूजा गर्ने, मन्दिरमा भिडभाड नगर्ने, पञ्चेबाजा सहितका कुनैपनि उत्सवहरु नमनाउने लगायत विभिन्न सावधानी अपाउन सार्वजनिक सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रेस विज्ञप्ति

‘चाडपर्वमा कोरोनाको जोखिम ह्वात्तै बढ्ने सम्भावना छ,‘स्थानीय तहलाई समेत अवको तयारीमा जुट्न अनुरोध गरेका छौ’ प्रजिअ उमाकान्त अधिकारीले भन्नुभयो । उहाँले चाडपर्वमा जिल्लाबाहिरबाट भित्रिनेबाट कोरोना संक्रमणको जोखिम भएकाले समुदायस्तरबाटै सर्तकता अपनाउनुपर्ने बताउनुभयो ।

‘सरकारी संयन्त्रको एकल प्रयासले सम्भव छैन्,‘अब समुदायस्तरबाटै केही महिना उच्च निगरानी आवश्यक छ’ बेनीअनलाइनसँगको कुराकानरीमा प्रजिअ अधिकारीले भन्नुभयो ।

उहाँले अन्य महिनाको तुलनामा म्याग्दीमा दशैंतिहारमा काठमाण्डौ लगायतका जिल्लाबाट आउने गरेको अवस्थामा अहिले कोरोना संक्रमण समुदायमै फैलिएकाले उच्च सर्तकता अपनाउनुपर्ने बताउनुभयो । म्याग्दी जिल्लामा प्रवेश गर्ने कालिपुलमा रहेको होल्डिङ सेन्टरबाट झन्डै संक्रमति समुदायमै पुग्न लागेको अवस्थामा समेत पहिचान गरी होटलको क्वारेन्टाइनमा राखेर आइसोलेसन कक्षमा राखिएकाले होल्डिङ सेन्टरलाई थप ब्यवस्थित गरिने भएको छ ।

प्रेस विज्ञप्ति

Leave a Reply