म्याग्दीको धौलागिरि गाउँपालिका- ७ ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ ।
केही समयमा अघि काठमाण्डौंबाट आएका उक्त पुरुष असोज २६ गते पोखरा पुगेका थिए ।
२८ गते गरिएको पिसिआर परिक्षणमा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल बताउनुभयो । उक्त संक्रमित पुरुष लाई गण्डकी अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।