काठमाडौं महानगरपालिका–१६,नयाँबजारस्थित एउटा घरमा सिलिण्डर विस्फोट हुँदा कम्तीमा एक दर्जन मानिसहरु घाइते भएका छन् ।

म्याग्दीको बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित  परिवारका ५ जना घाइते भएका हुन् । बुधबार निधन भएका पतिको काजक्रियामा बसेकी निरकुमारीले प्रयोग गरेको ग्यास लिक भएर घरमा रहेका २ वटा सिलिण्डर विस्फोट भएको हो । विस्फोटमा परी किरीयापुत्री भेट्न आएका आफन्त म्याग्दी बेनीका चन्द्र केसीको खुट्टा भाँचिएको छ । विस्फोटबाट क्षत्रीको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छिमेकीको घरमा समेत क्षति पुगेको छ । विस्फोटबाट तीन सय मिटर परसम्म रहेका मानिसहरुसमेत सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि मनमोहन अस्पताल र शिक्षण अस्पताल लगिएको छ । केसीको खुट्टा भाँचिए बाहेक अन्य घाइतेको अवस्था सामान्य रहेको आफन्त दुर्गा कार्कीले जानकारी दिए । source: tvannapurna.com

हेर्नुहोस् भिडियो :

Leave a Reply