---Advertisement---

मंगलाघाटमा कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबैको पिसिआर नेगेटिभ

On: October 15, 2020 5:52 PM
Follow Us:

पोखरामा कोरोना संक्रमति बेनी नगरपालिका–७, मंगलाघाटक बस्ने ५४ बर्षिया महिलाको सम्पर्कमा रहेका सबैको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना संक्रमणको पुष्टी भएपछि सम्पर्कमा रहेका कन्ट्रयाक्ट ट्रेसिङ गरी होम क्वारेन्टाइनमा रहेका ७ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमति महिलाको स्वास्थ्य अवस्था पनि समान्य छ । यसअगाडी मालिका गाउँपालिका–५देविस्थानकी महिलाको परिवार र सम्पर्कमा रहेका ७ जनाको समेत पिसिआर नेगेटिभ आएको थियो ।

समुदायमा कोरोना फैलिने जोखिमले त्रसित रहेको अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबैको रिर्पोट नेगेटिभ आएपछि जोखिम टरेको छ । म्याग्दीबाट उपचारका लागि पोखरा, काठमाण्डौ र चितवनमा गएका चारजनामा कोरोना पुष्टी भएको थियो ।