बेनी अस्पतालले ओपिडी (बहिरङ्ग) सेवामा उपचारका लागि आएका दुई बिरामीमा कोरोना पुष्टी भएपछि अति आवश्यक नभए अस्पताल नआउन अपिल गरेको छ ।

गएको असोज २६ गते कोभिड–१९ को लक्षण सहित अस्पतालमा उपचारका लागि आएका छिमेकी जलजला गाउँपालिका–३का ४९ बर्षिय पुरुष र हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुष दुबैमा कोरोना पोजेटिभ देखिएकाले उक्त मितिमा उपचारका लागि आएका बिरामीलाई समेत घरमै अलग्गै बस्न अनुरोध गरिएको छ ।

बिहिबार अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र प्रमुख डा. अमृत अधिकारीद्धारा जारी विज्ञप्तीमा उक्त दिन अस्पतालको ओपिडीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको उल्लेख छ।

‘सामान्य रोगको उपचारका लागि अस्पतालमा नआइदिनुहोला,‘कोरोना भाइरस संक्रमण देखिन थालेकाले अव थप सर्तकता आवश्यक छ’ विज्ञप्तीमा भनिएको छ ।

अस्पतालको ओपिडी सेवामा उपचारका लागि आउने बिरामीलाई कोरोना पुष्टी भएको अवस्थामा आवश्यक थप सर्तकता अपनाइएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवालको भनाई छ । ‘नियमित उपचारमा आउनेहरु जटिल समस्या भएकाले चिकित्सकलाई घरबाटै फोन गर्न सक्नुहुन्छ,‘सेवा नियमित नै छ’ कटुवालले भन्नुभयो ।

ओपिडी सहितका अन्य सेवाहरु सुचारु रहेको बताउँदै संक्रमतिलाई चेकजाँच गर्ने क्रममा ओपिडीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका समेत होम क्वारेन्टाइनमा रहेका अस्पतालले जनाएको छ ।

Leave a Reply