अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

अर्मनकी ब्लड क्यान्सर पीडित बालिकालाई साढे ४ लाख सहयोग जुट्यो

On: October 15, 2020 9:09 PM
Follow Us:
---Advertisement---

म्याग्दीको मंगला गाउँपालिका-५,किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा करिब साढे ४ लाख सहयोग जुटेको छ ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अर्मन मुसलबारीकी जमुना प्रतेलको पहलमा स्वदेश तथा विदेशबाट ४ लाख ४७ हजार ९१० रुपैयाँ आर्थिक संकलन भएको हो ।

गाउँकै विपन्न मनबहादुर र रन्जु विकले छोरीको उपचारमा थप उपचारमा रकम अभाव भएपछि सहयोगको याचना गरेपछि स्वास्थ्य क्षेत्रमा कार्यरत प्रतेलको अगुवाईमा अमेरिका, क्यानेडा, जापान, कतार, मलेसिया, साउदी अरब, भारतका साथै म्याग्दी भित्रबाट उक्त सहयोग संकलन भएको थियो ।

घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि बालिकाको जिवन रक्षाका लागि आर्थिक संकलनमा जुटेको अभियान्ता प्रतेलले बताउनुभयो । [pdf-embedder url=”https://myagdikali.com/wp-content/uploads/2020/10/save-sarus-life-fund-1.pdf” title=”save-sarus-life-fund (1)”]

‘सबैतिरबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको छ,‘ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेकी बालिकाको उपचारमा धेरै खर्च हुन्छ’ उहाँले भन्नुभयो ।

बावियाचौरको डनिङ आवासीय माविमा कक्षा ३ मा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेपनि कान्ति बाल अस्पतालमा पुगेपछि मात्रै ब्लड क्यान्सरको समस्या देखाइएको थियो । डेढ महिनादेखि अस्पतालमा उपचारर्थ बालिकाको उपचारमा २० लाखभन्दा बढी आवश्यक रहेको छ ।

नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्च हुने अस्पतालका प्रमुख डा. सुधिर सापाकोटाले बताए । सरु बचाउ अभियानमार्फत मुक्तिनाथ विकास बैंकको बेनी शाखामा खाता समेत सञ्चालन गरिएको छ । संकलित रकम खातामा जम्मा भइसकेको छ । बालिकाको उपचारमा अर्मनका यूवाहरुले समेत थप अभियान सञ्चालन गरेका छन् ।