पर्वत जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र पर्वतको बिहीबार बसेको बैठकले दशैँ तिहार छठ जस्ता चाडपर्वको अवसरमा कसैले भोजभतेर तथा जुवातास खेल्ने र भिडभाड गर्ने खालका कुनै पनि गतिबिधि सञ्चालन गरेको पाईए कारवाही गरिने भएको छ ।

जिल्ला बाहिरबाट आएका ब्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको अनुगमन सम्बन्धित वडा अध्यक्ष तथा सदस्यले गर्ने निर्णय गरिएको छ। त्यसैगरी कोरोना भाइस संक्रमितहरु होम आइसोलेशनमा बस्दा बाहिर हिडलुल गर्ने गरेको पाइएमा जिल्ला प्रशासन कार्यलयले कडा कारवाही गर्ने भएको छ ।

जनस्वास्थ्यका मापदण्डहरु नअपनाई जथाभाबि हिडडुल गर्न नपाइने नियम भएपनि यस्ता कार्य बढ्दै जान थालेकोले यस्ता गतिविधि नगर्न प्रशासनले ध्यानाकर्षण गराएको छ ।

यसै बिच यस बर्षको दशैमा शुभकामना आदानप्रदान, चियापान जस्ता मानिसहरु बढि भिडभाड हुने खेलकुदका र अन्य कुनैपनि खाले मनोरन्जनात्मक कार्यक्रमहरु गर्न नपाइने निर्णय पनि उक्त बैठकमा भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो। बैठकले कुनै पनि किसिमको बैठक, भेला, साधारण सभा, तालिम सेमिनार र गोष्ठि समेत गर्न नपाइने निर्णय समेत गरेको छ ।

बैठकले कोरोना रोकथाम तथा न्यूनीकरण गर्न अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग गर्ने, सामाजिक दुरि कायम गर्ने जस्ता कोभिड १९ बाट सुरक्षित हुने मापदण्डको पालना गर्न सबैमा आग्रह समेत गरेको छ ।

Leave a Reply