दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान दोसल्लेका एक यूवाले सहयोगको याचना गरेका छन् ।

विगत लामो समयदेखि उपचारर्थ निलप्रसाद पाईजाले मृगौला प्रत्यारोपणका लागि भारत जानुपर्ने भएकाले उपचारमा सहयोगको अनुरोध गरेका हुन् । ‘मेरो मृगौला प्रत्यारोपण भारतमै गर्नुपर्छ,‘सानो भएपनि सहयोग गरिदिनुहोला’ पाईजाको भनाई उद्धित गदैं धनिलाल गर्बुजाले भने ।

उनका अनुसार प्रत्यारोपण लगायत नियमित औषधी सेवनमा आर्थिक समस्या देखिएपछि उपचारमा सहयोगको अपिल गरिएको छ । पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका पाईजालाई यसअगाडी विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले समेत सहज भएको थियो । पीडितले नाता, ईष्टमित्र तथा आफन्तलाई उपचारमा हारगुहार गरेका छन् । मृगौला प्रत्यारोपण तथा औषधी लगायतका लागि थप १५ लाख आवश्यक रहेको छ ।

Leave a Reply