j}zfv !& k/Dk/fut 9'ªu] 3/sf] ufpF DofUbLsf] wjnflu/L ufpFkflnsf–# d'gfdf k/Dk/fut 9'ªu] 3/x?n] l6l6Ss k/]sf] ufpF . t:jL/M sdn vqL, /f;;, a]gL -DofUbL _

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाले लकडाउनकै झल्को दिने गरी एक गाउँबाट अर्को र एक वडाबाट अर्को वडामा जान नपाईने कडा नियम बनाएको छ । गाउँपालिकाको एकजनाको उपचारको क्रममा जिल्ला बाहिर कोरोना पुष्टी भएपछि थप सर्तकता अपनाउँदै शुक्रबार जारी गरेको सूचनामा वडाबाट अर्को वडामा आवश्यक परेमा जान वडा कार्यालयको अनुमति चाहिने जनाएको छ ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्न प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जारी गरेको पाँच बुँदे जरुरी सूचनामा कोरोना भाइरस बिरुद्धको सचेतनामुलका कार्यक्रम सञ्चालन गर्ने लगायत विभिन्न बुदाँ रहेको छ । चाडपर्वमा कोरोनाको थप जोखिमलाई मध्यनजर गरी यस्तो निर्णय लिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

‘एक वडाबाट अर्को वडामा जान नदिने निर्णय गरेको हुँदा सो कार्यमा सहयोग पु¥याउन सबैमा अपिल गर्दछौ,‘जानै परे वडाका जनप्रतिनिधिस सँग समन्वय गर्न पनि हार्दिक अनुरोध गर्दछु’ शर्माले भन्नुभयो ।

दशैंतिहारमा आन्तरिक पर्यटक समेत धवलागिरी आसपासका क्षेत्रमा आउन सक्ने भएकाले यो नियम लागु गरिएको गाउँपालिकाले जनाएको छ । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये सबैभन्दा कडा नियम बनाएर कोरोना रोकथाममा धवलागिरी अग्रसर देखिएको छ ।

Leave a Reply