म्याग्दीको मालिका गाउँपालिका-२ रुमको बेलीका लीलमति रोका गाउँमा आयोजित कार्यक्रममा स्थानीय बृद्धा लिलमति रोकाको आँखाबाट पिलपिल आँसु झरे । छेउमै लौरो समातेर बस्नुभएका धनबहादुरले लगत्तै आफ्नो हातले आँसु पुछ्नुभयो ।

गाउँमा रहेका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मास्क, सेनिटाईजर र सावुन वितरण गर्ने कार्यक्रममा लिलमति बेली आमा समुहको अध्यक्षको हैसियतले सहभागि हुनुहुन्थ्यो ।उहाँसँगै पुग्ने भएका धनबहादुर नशासम्बन्धि रोगले ग्रस्त भएपनि श्रीमतिको साहरामा घर माथिल्लो क्षेत्रमा रहेको विद्यालयसम्म पुग्नुभएको थियो । कार्यक्रममा सहभागी लगभग ३० जना स्थानीयमा लिलमति र धनबहादुरको अनुहार मलिन थियो ।

करिब एकदशक आसापासमा रोजगारीको सिलसिलामा विदेशमा पुगेका तीन छोराको रातो बाकसमा अन्तिम पटक अनुहार हेर्नुभएका धनबहादुर दम्पत्तीले छोराको सम्झनामा देउराली आधारभुत विद्यालय जेमलाई १० हज ार ३० र ज्ञान विकास आधारभुत विद्यालयलाई १० हजार ३० आर्थिक सहयोग गर्नुभएको छ ।

रोजगारको सिलसिलामा खाडी मुलुकमा धनसम्पत्ती कमाउन पुगेका तीन छोरालाई विदेशमै गुमाएको लामो समय वितिसक्दा समेत लीलमति र धन बहादुरका आँखामा अझै आँसु रोकिएको छैन् ।

‘छोराको सम्झनामा भविस्यमा पनि सकेको सहयोग गर्छु,‘धन भएर होईन् छोराको सम्झना आउँदा सहयोग गर्न मन लाक्छ’ लिलमतिले भन्नुभयो । बैदेशिक रोजगारको सिलसिलामा धनबहादुर र लीलमतिका ४ भाइ छोरा मध्ये माहिला भक्तबहादुरको कतार, जेठा छोरा भक्त बहादुर मलेसिया र कान्छा छोरा धर्मको ०७४ चैत्र महिनाको ११ गते मलेसियामै ड्युटीमा मृत्यु भएको थियो ।

प्यारालाइसेसबाट ग्रस्त ७५ वर्षिय धनवहादुर र पेट र मुटुकी रोगी ७१ वर्षिया आमाको नियमित औषधी सेवन गरिरहनुभएको छ । विद्यालयमा आयोजित कार्यक्रममा स्थानीयले अगुवाले पीडालाई लुकाउँदै लिलमतिले आमा समुहको नेतृत्व गदैं विभिन्न रचनात्मक कार्यमा सक्रिय हुने गरेकाले भविस्यमा आवश्यक पर्दा समुदायबाटै साथ रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Leave a Reply