काठमाण्डौ कोभिड १९ संक्रमणको पुष्टि भएका मंगला गाउँपालिका–१ थाईवाङका ३९ बर्षिय पुरुषको सम्पर्कमा रहेका सबैको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

असोज २१ गते म्याग्दीबाट काठमाण्डौ गएर २४ गते स्टार अस्पतालमा पिसिआरका लागि परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएपछि संक्रमतिको सम्पर्कमा रहेका परिवारको सम्पर्कमा रहेका कन्ट्रयाक्ट ट्रेसिङमा परेका ५ जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बैदेशिक रोजगारीबाट ७ महिना अगाडी फर्किएर घरमै बसेको अवस्थामा पुनः विदेश जाने तयारीका लागि काठमाण्डौ गएको अवस्थामा कोरोना देखिएपछि संक्रमतिको सम्पर्कमा रहेकाको कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

समुदायमा कोरोना फैलिने जोखिमले त्रसित रहेको अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबैको रिर्पोट नेगेटिभ आएपछि जोखिम टरेको छ । म्याग्दीबाट उपचारका लागि पोखरा, काठमाण्डौ र चितवनमा गएका चारजनामा कोरोना पुष्टी भएको थियो ।

Leave a Reply