कन्ट्रयाक्ट ट्रेसिङमा परेका मंगला गाउँपालिका कर्मचारी सहित दुई जनालाई कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । संक्रमतिको सम्पर्कमा रहेका मंगला–४ की एक महिला र वडा नं ५ अर्मनका यूवामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

‘स्बाब दिएर दुबै जना सुरक्षित बस्नुभएको थियो,‘उहाँहरुको अवस्था सामान्य छ’ प्रमुख लम्सालले भन्नुभयो । असोज २८ गते स्बाब दिएर मंगला–५ का यूवा बेनीको होटलमा रहेको क्वारेन्टाइनमा र पोखरामा कृयाघरमा गएर फर्किएर स्बाब दिई गाउँमै होम क्वारेन्टाइनमा बसेको अवस्थामा नतिजा पोजेटिभ आएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘दुवै संक्रमति सर्तक रहेकाले त्रसित हुनुपर्ने अवस्था छैन्,‘उहाँहरुको सम्पर्कमा रहेका होम क्वारेन्टाइनमा बसिदिनुहोला’ प्रमुख लम्सालले भन्नुभयो । जिल्लामा यसअगाडी संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाको नतिजा नेगेटिभ आएको थियो ।

बेनीबाट काठमाण्डौमा मंगला–२ का एक पुरुषमा समेत कोरोना देखिएपछि सम्र्पकमा रहेका धेरैले पिसिआर गर्ने चाहना ब्यक्त गरेपनि लक्षण देखिएपछि मात्रै स्बाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लोपटक संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाको संख्या धेरै भएकाले समेत सबैको स्बाब संकलन गर्न सम्भव नभएकाले संक्रमतिसँग नजिकैबाट घुलमिल भएकाको स्बाब लिने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच गाउँपालिकाको सेवा समेत केहीदिन प्रभावित हुने भएको छ ।

Leave a Reply