दशैमा प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका सहितका शक्ति पिठहरुमा ‘निशेधाज्ञा’ जिल्ला प्रशसन कार्यालय बागलुङले शुक्रबार रातीदेखी प्रवेश निषेध गरेको छ ।

शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकपछि प्राप्त सुझावका आधारमा शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी निशेधाज्ञा जारी गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले महामारीलाई ध्यानमा राख्दै शक्तिपिठहरुमा हुनसक्ने भीडभाड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सबै शक्तिपिठमा नियमित पुजाबाहेक सर्वसाधारणको प्रवेशमा रोक लगाईएको छ । शनिबारबाट नवदुर्गा सुरु हुँदैछ । नव दुर्गाको पुर्वसन्ध्यामा सम्भावित भीडलाई लक्षित गरेर प्रशासनले रोक लगाएको हो। निशेधाज्ञा कार्तिक ९ गते राती १२ बजेसम्म जारी रहने विज्ञप्तीमा उल्लेख छ ।

भेला, बैठक, धार्मिक कार्य महोत्सवलगायतका भीड हुने क्रियाकलाप र विद्यालय, क्याम्पस, तालिम, सेमिनार, खेलकुदलगायतका क्षेत्रमा समेत रोक लगाईएको छ । त्यस्तै, जिल्लाका ८५ वडामा अनुगमन समिति गठन गरेर दशैंको समयमा बाहिरबाट आउनेहरुको अनुगमन र निगरानी गर्न जिम्मेवारी दिईने समेत बैठकले निर्णय गरेको छ ।

Leave a Reply