देशव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले दशैंतिहार जस्ता ठूलो चाडपर्वलाई खल्लो बनाएको छ। घरआगनमै आएको दशैंभन्दा कोरोना संक्रमणको जोखिमले त्रसित भइरहेको अवस्थामा क्रियटिभ मिडिया हाउसले म्याग्दीका लोकप्रिय गायकको स्वरमा दशैँतिहारको गीत ‘मयाँले दशैंतिहार’ बोलको गीत बजारमा ल्याएका छन् ।

घरमै बसेर दशैंतिहार मनाउने तयारीमा रहेका नेपालीलाई चाडपर्वको रौनकता प्रस्तुत गर्ने गरी चर्चित पप गायक सम्भोज मल्ल सहित लोक गायक धुब्र जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, सन्तोष बर्देवा, बसन्ती थापाको स्वर रहेको छ ।

गीतमा गायकसँगै जिवन कार्की, सुनिल बानियाँ, बाईक राईडर विविधजंग थापा लगायतले अभियन गरेका छन् ।
बेनी नजिकैको लभ्लीहिल लगायत आसपासका क्षेत्रमा गीतको भिडियो छायांकन गरिएको थियो ।

रोमान्टिक बेसमा निर्माण गरिएको म्युजिक भिडियोमा दशैंतिहारका मौलिकतालाई प्राथमिकता दिइएको निर्देशक भुपेन बानियाँले बताउनुभयो । ‘यूटुवमा सार्वजनिक भएलगत्तै राम्रो प्रतिक्रिया आएको छ,‘राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएका गायकको स्बर छ’ बानियाँले भन्नुभयो ।

आफ्नै मौलिकता र आफ्नै लवजमा विगतमा जस्तै यसबर्ष दशैतिहारको गीत सार्वजनिक नभएको अवस्थामा म्याग्दीका गायकको गीतले निकै चर्चा पाउने अपेक्षा गरिएको छ । आफ्नै मौलिकतामा ढालेर गाउने गीत संगीत पछिल्लो समयमा युवा पुस्ताहरुले निकै रुचिका देखिएको अवस्थामा म्याग्देली कलाकारको गीतले राष्ट्रियस्तरमा चर्चा पाउने लोकगायक धुब्र जिसीले बताउनुभयो ।

‘चाडपर्वलाई जीवित बनाई राख्नको लागी सम्बन्धीत गीत संगीत बजारमा आउनुपर्छ,‘मौलिकातालाई नै प्राथमिकता दिएमा चाडपर्वको महत्व झल्कन्छ’ जिसीले भन्नुभयो । यसबर्ष कोरोनाले ब्यापार नहुने अवस्थामा स्थापित कलाकारहरुले समेत दशैंतिहारको म्यूजिक भिडियोमा लगानी गर्न सकेका छैनन् । सदाबहार दर्शक स्रोताको मन मनमा बस्न सक्ने यो गितको चर्चा पुराना गित जस्तै स्थापित हुनेमा निर्माणपक्ष ढुक्क छन् ।

Leave a Reply