मंगला गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका थप ५ जना कर्मचारीलाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टी भएपछि संक्रमतिको सम्पर्कमा रहेका कर्मचारीलाई शनिबार होम क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताउनुभयो ।‘संक्रमति कर्मचारीसँगै बस्ने सबै कर्मचारीलाई पठाइएको छ,‘आज स्बाब संकलन गरिन्छ’ ढुंगानाले भन्नुभयो ।

उहाँका अनुसार संक्रमति कर्मचारी बेनीको होल्डिङ सेन्टरमा समेत खटिएकाले पछिल्लो समय असोज २६ गते कार्यालयमा केही समयका लागि आएका थिए ।

स्बाब दिएपछि बेनीकै होटल क्वारेन्टाइनमा राखिएको थियो । २८ गते स्बाब दिएपछि सम्पर्कमा रहेका कसैलाई पनि कुनै लक्षण देखिएको छैन् । यसैबीच गाउँपालिकाले कार्यालयमा अत्यावसेक बाहेकको सेवा प्रवाह नहुने जनाएको छ । ५ वटै वडा कार्यालयबाट नियमित सेवा जारी रहेपनि अर्को सूचना जारी नहुदाँसम्म अति आवश्यक काम उपलब्ध गराउने गरी कार्यालय सञ्चालन हुने जनाइएको छ ।

म्याग्दीमा समुदायस्तरमा पहिलोपटक कन्ट्रयाक्ट ट्रेसिङमा परेका दुई जनालाई कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको थियो । यसैबीच गाउँपालिका भित्र कोरोनासँग मिल्ने लक्षण देखिएमा सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply