बेनी नगरपालिका-९ घतानकी एक महिला दुई सातादेखि सम्पर्कविहिन भएकी छन् । पर्वतका जलजला गाउँपालिकाको पर्वतबेनीमा कोठा भाडामा लिएर छोराछोरीलाई पढाएर बस्दै आएकी २८ बर्षिय देबी दर्जीले छोराछोरीलाई छोडेर सम्पर्कविहिन भएको रुपेश सुन्दासले जानकारी दिए ।

‘उहाँलाई सम्पर्कमा मात्रै आउन अनुरोध गरेका छौ,‘चाडपर्वको मुखमै छोराछोरीको बिचल्ली भएको छ’ सुन्दासले भने ।श्रीमति सम्पर्कमा नभएपछि विदेशमा रहेका श्रीमानले खोजीकार्यका लागि प्रहरी र समुदायमार्फत अपिल गरेका छन् ।

बैदेशिक रोजगारमा गएका श्रीमानले नियमित पैसा पठाउने, छोराछोरीको शिक्षादिक्षा, पालनपोषण लगायतको खर्च गर्ने गरेपनि एक्कासी सम्पर्कविहिन हुदाँ प्रहरीलाई निवेदन समेत दिएपनि अहिलेसम्म पत्ता लगाउन समस्या भएको खर्जीका परिवारले जनाएका छन्। दर्जीका एक छोरा र एक छोरी छन् । आफन्तले माईती र आफन्त लगायत साथीहरुसँग गएको हुनसक्ने अनुमान सहित खोजीकार्यलाई तिब्रता दिइएको छ।

Leave a Reply