अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बागलुङका दुई सांसदले दशैंभत्ता फिर्ता गरे

On: October 18, 2020 4:40 PM
Follow Us:

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा सांसद देबेन्द्र पौडेल र सांसद डा. सुर्य पाठकले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् । आइतबार दिउँसो दुबै सांसदले दशैं भत्ता फिर्ता गर्न पत्र काटेको जानकारी गराएका हुन् ।

सांसद पाठकले आफ्नो खातामा जम्मा भएको दशैं भत्ता आगामी महिनाको पारिश्रमिकबाट काट्न समेत संसद सचिवालयलाईआग्रह गरेको समेत बताएका छन् । साविकको धौलागिरी अञ्चलका जिल्लाबाट पत्र काटेर दशैंभत्ता फिर्ता गर्न माग गर्नेमा बागलुङका सांसद छन् ।

बागलुङका प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुबै सांसदले खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्ने पर्ने अडान लिएको सचिवालयले जनाएको छ । कोरोना महामारीका बेला सांसदहरुका लागि दशैं भत्ता छुट्ट्याइएको भन्दै दबाब बढेपछि देशभरका धेरै सांसदले भत्ता नलिने पक्षमा पुगेका छन् ।