कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले स्बाब दिएर समुदायमा घुलमिल भएको पाइएपछि स्वास्थ्य कार्यालय म्याग्दीले पिसिआर परिक्षणको लागि नमुना दिइसकेपछि घरबाहिर ननिस्कन अपिल गरेको छ । म्याग्दीमा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका तीनजनालाई कोरोना देखिएपछि स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले स्बाब संकलन गरी रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् ।

म्याग्दीमा समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लम्सालल रिपोर्ट नआउदा सम्म घर बाहिर निस्कने, भेटघाट तथा गेट टुगेदर कार्यक्रममा सहभागि नहुन, कार्यालय जाने तथा आफ्नो पेशा व्यवसायमा संलग्न हुने जस्ता कार्यहरू नगरी पूर्णरूपमा होम क्वारेन्टाइनमै बसेर रोकथाम अभियानमा सहयोग गर्न हार्दिक अनुरोध गरेका हुन् ।

‘स्बाब दिएर घुलमिल हुने अवस्थामा रिर्पोट पोजेटिभ आए कन्ट्रयाक्ट ट्रेसिङमामा परेकामा समेत संक्रमणको सम्भावना धेरै हुन्छ,‘स्बाब दिएर घरमै बस्नुपर्ने अवस्थामा घुमफिरमा निस्कनु गलत हो’ प्रमुख लम्सालले भने । उनले संक्रमतिको ट्रेसिङमा परेकाको रिर्पोट नै नेगेटिभ आएपनि थप १४ दिन सचेत हुनुपर्ने अवस्था रहेको बताए ।

उपचार र बैदेशिक प्रयोजनका लागि जिल्ला बाहिर गएका पाँचजनामा कोरोना देखिएकाले विदेशबाट आउने भन्दा देशभित्रबाटै आवतजावत गर्नेहरूबाट कोरोना फैलिने सम्भावना उच्च रहेको बताउँदै जिल्ला बाहिर कोरोना पुष्टी भएका ब्यक्तिहरुको जिल्लामा सम्पर्कमा रहेकाले तत्काल सावधानी अपनाउनुपर्ने बताए । जनस्वास्थ्यका मापदण्डको पालना गरेमा पनि कोरोनाको संक्रमणबाट जोगिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply