बागलुङमा थप एक जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर १३ की ४८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

कोरोना संक्रमित महिलाको आइतबार २ गते साँझ पर्वत कुश्मा नगरपालिका वडा नम्बर ५ मा मत्यु भएको बताइएको छ । उनलाई आइतबार नै कोरोना संक्रमणको पुष्टि भएको थियो निर्देशनालयले जनाएको छ । उनीमा कोभिड १९ सहित मधुमेहको समेत समस्या निर्देशनालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको निर्देशनालयले जनाएको छ ।
No photo description available.

Leave a Reply