?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

म्याग्दी प्रहरीले लागूऔषध सहित बेनीबाट एक यूवालाई पक्राउ गरेको छ । बेनीमा लागुऔषधको सेवन तथा विक्री वितरणको गोप्य सूचनाको आधारमा बेनी नगरपालिका वडा नं ८ बस्ने २९ बर्षिय बिमल भण्डारीलाई कोठामा लुकाई राखेको अवस्थामा लागुऔषध सहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए ।

अभियुक्त भण्डारीको कोठाबाट डाईजेपाम ३० एम्पुल, फेनारगन ३१ एम्पुल, नुर्फिन ३० एम्पुल गरी ९१ एम्पुल लागुऔषध, सिरिन्ज ६ वटा र नगद बरामद गरिएको प्रनाउ कुँवरले जानकारी दिए । प्रहरीले निज भण्डारीको सम्पर्कमा रहेकाको समेत खोजीकार्य तिब्र पारेको छ ।

सदरमुकाम बेनीमा अभिभावकको निगरानीको अभाव, कुलतमा फसेका साथीमार्फत दुब्र्यसनी र कारोबारकतारको स्थिति भयावह बन्न सक्ने भन्दै प्रहरीले समुदायमार्फत सहयोगको अपिल समेत गरेको छ । प्रयोगकर्ता र कारोबारीको गोप्य सूचना दिन समेत प्रहरीले अनुरोध गरेपछि पछिल्लो समय प्रहरीलाई एकपछि अर्को सफलता मिलिरहेको छ । भारतीय बजार रुपैडिहासम्म पुगेर लागुऔषध ल्याउने गरेका छन् ।

Leave a Reply