---Advertisement---

भरुवा बन्दुक सहित काफलडाँडाबाट एक यूवा पक्राउ

On: October 19, 2020 1:41 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडाबाट एक यूवा एकनाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घोरेपानीका प्रहरी सहायक निरिक्षक रबी आचार्यको कमाण्डमा खटिएको प्रहरीको टोलीले

गोप्य सूचनाको आधारमा काफलडाँडामा बस्ने ३१ बर्षिय अम्बर गर्बुजालाई पक्राउ गरेको हो । निजी गर्बुजाले लुकाई हिडेको अवैध एक नाले भरुबा बन्दुक १ थान, गोली १७, फलामका टुक्रा र बारुद १ सय ग्राम सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए।  ग्रामिण क्षेत्रमा अवैध चोरीशिकारीका लागि बन्दुक राख्ने गरिएको भन्दै प्रहरीले खोजीकार्य तिब्र पारेको छ ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन