बेनी अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकमा कोरोना पुष्टी भएको हो ।
कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका-३ का ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका-५ रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुषलाई कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकको पोखरामा स्बाब संकलन गरिएको थियो ।
घर विदामा पोखरा गएका चिकित्समा कोरोना पुष्टी भएको अस्पतालका प्रमुख डा. अमृत अधिकारीले जानकारी दिनुभयो । अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा उपचारका लागि पुगेका दुई जनामा कोरोना पुष्टी भएपछि ३३ जनाको स्बाब संकलन गरिएकोमा पिसिआर रिर्पोट आउन बाँकी रहेको बेनी अस्पतालले जनाएको छ ।
कन्ट्रयाक्ट ट्रेसिङमा परेका स्बास्थ्यकर्मी अस्पतालभित्रै क्वारेन्टाइनमा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए। म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा समेत कोराना देखिएको छ । पछिल्लो समय अस्पतालभित्र उपचारका लागि पुगेका बिरामीमा कोरोना देखिएपछि अति आवश्यक उपचार बाहेक अस्पतालमा नआउन अपिल समेत गरिएको छ ।









