---Advertisement---

बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टी

On: October 19, 2020 11:10 PM
Follow Us:

बेनी अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकमा कोरोना पुष्टी भएको हो ।

कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका-३ का ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका-५ रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुषलाई कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकको पोखरामा स्बाब संकलन गरिएको थियो ।घर विदामा पोखरा गएका चिकित्समा कोरोना पुष्टी भएको अस्पतालका प्रमुख डा. अमृत अधिकारीले जानकारी दिनुभयो । अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा उपचारका लागि पुगेका दुई जनामा कोरोना पुष्टी भएपछि ३३ जनाको स्बाब संकलन गरिएकोमा पिसिआर रिर्पोट आउन बाँकी रहेको बेनी अस्पतालले जनाएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेका स्बास्थ्यकर्मी अस्पतालभित्रै क्वारेन्टाइनमा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए। म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा समेत कोराना देखिएको छ । पछिल्लो समय अस्पतालभित्र उपचारका लागि पुगेका बिरामीमा कोरोना देखिएपछि अति आवश्यक उपचार बाहेक अस्पतालमा नआउन अपिल समेत गरिएको छ ।