म्याग्दीको सदरमुकाम बेनीमा आँखाको उपचारमा तिब्र प्रतिस्पर्धाले बिरामीलाई राहत मिलेको छ ।आँखाका बिरामीको चाप तथा गुणस्तरीय सेवा विस्तारसँगै बेनीमा ३ वटा आँखा उपचार केन्द्र हरु संचालनमा छन्। बेनी अस्पताल, नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाईटीको मातहतमा आँखा उपचार केन्द्र सञ्चालन भएपछि बिरामीलाई सहज भएको हो ।

बेनी अस्पतालले दुईदिन अगाडी नयाँ सेवा विस्तार अभियानमा आँखा उपचार शाखामार्फत भविस्यमा नियमित शल्यक्रिया सहितको योजना बनाएर अगाडी बढेको छ भने अस्पताल परिसरमै रेडक्रसको रक्तसंचार केन्द्र र नेत्रज्योती संघ म्याग्दीले हिमालय आँखा अस्पताल पोखरा को प्रबिधिक सहयोगमा क्याम्पसचोकबाट सेवा दिइरहेको छ ।

बेनी अस्पतालमा निकट भविस्यमै आँखाका विशेषज्ञ चिकित्सक नै ल्याउने तयारी भइरहेको अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।‘आँखाका बिरामीको उपचार अस्पतालभित्र नै गर्ने योजना सहित थप उपकरणहरु ल्याउँदै छौ,‘आँखाको उपचारमा म्याग्दी धौलागिरी क्षेत्रमै उत्कृष्ट बनाउने प्रयास हुन्छ’ कटुवालले भने ।

म्याग्दीमा बर्षेनी मोतियाविन्दुको अप्रेसन सहित नियमित चेकजाँचमा आउने बिरामीको संख्या समेत धेरै रहेको अवस्थामा तीनवटा उपचार केन्द्रमार्फत सेवा प्रवाहले बिरामीलाई सहज हुने नेत्रज्योती संघ आँखा उपचार केन्द्रका प्रमुख दिनेश बानियाँले बताए । ‘तीनवटा आँखा उपचार केन्द्रले बिरामीलाई सहज भएको छ,‘संख्यासँगै गुणस्तरीय सेवामा पनि प्रतिस्पर्धा हुन्छ’ भने ।

उनले सेवामा प्रतिस्पर्धा भएपनि सहकार्य रहेको बताए ।म्याग्दीमा लायन्स क्लव, हिमालयन आँखा अस्पताल सहित विभिन्न संघसंस्थामार्फत नियमित उपचार सहितका शिविरले समेत ग्रामिण क्षेत्रमा राहत मिल्ने गरेको छ ।

Leave a Reply