कोभिड–१९ सङ्कट व्यवस्थापन समिति म्याग्दीका प्रमुख एवम् प्रजिअ उमाकान्त अधिकारीले यसबर्षको दशैंमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेका छन् । म्याग्दीमा कोरोना भाइरस समुदायमा फैलिने जोखिम बढेसँगै चाडपर्वमा भिडभाड हुने भएकाले जिल्ला बाहिरबाट आउनेलाई अनिवार्य १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरे ।

‘यसपटक घरमै बसेर चाडपर्वहरू मनाउनुहोस्,‘चाडपर्व फेरी आउँछ, कोरोनाको संक्रमण फैलिएमा सबैले दुख पाइन्छ’ प्रजिअ अधिकारीले भने । सोझै परिवार समुदायमा घुलमिल हुदाँ कोरोना संक्रमण फैलिनसक्ने जोखिम भएकाले चाडपर्व लक्षित योजनामा समेत सघाउने प्रजिअ अधिकारीको अपिल छ ।

स्थानीय तहका वडास्तरमा समेत निकै प्रभावकारी योजना बनाइएपनि कार्यान्वयनमा समुदायस्तरबाटै सहयोग हुनुपर्ने प्रजिअ अधिकारीको भनाई छ।

अत्यावश्यक काममा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र भौतिक दुरी कायम गर्ने, रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने सबैले हातेमालो गर्न आवश्यक रहेको प्रजिअ अधिकारीको भनाई छ ।

बाहिरी क्षेत्रबाट आउनेहरुबाटै संक्रमणको जोखिम रहेकाले संक्रमणम मुक्त भएपछि अर्को वर्ष जमघट र धूूमधामसँग पर्व मनाउन सकिने प्रजिअ अधिकारीको भनाई छ ।

मठमन्दिरमा धार्मिक र सांस्कृतिक महत्वका स्थानहरूमा हुने नित्यपूजा र आराधनाबाहेक समूहमा गरिने भजन, किर्तनलगायतका गतिविधि नगर्न र नगराउन आदेश समेत जारी गरिसकिएको अवस्थामा उल्लंघन नगर्न,ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन आवश्यक छ । यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन सकेमा कोरोनाको संक्रमणबाट जोगिन सकिने प्रजिअ अधिकारीको भनाई छ ।

Leave a Reply