बेनी अस्पतालमै ओपिडीमा उपचारका लागि पुगेका दुई बिरामीमा कोरोना संक्रमणको पुष्टी भयो । म्याग्दीबाट उपचारका लागि पोखरा, चितवन र काठमाण्डौमा पुगेका तीन बिरामीमा समेत कोरोना संक्रमणले नेपालीहरुको महान चाढ नजिकिएसंँगै कोरोना संक्रमण देशभर फैलनसक्ने आंँकलन गर्न थालिएको छ। देशका विभिन्न ठाउंँमा रहेका म्याग्देली चाड मनाउन घर फर्कन थालेपछि अवस्था गम्भीर हुन थालेको हो।

म्याग्दीमा पछिल्लो पाँच संक्रमतिले समुदायमा कोरोनाको जोखिम ह्वात्तै बढेको अवस्थामा ग्रामीण क्षेत्रमा कम प्रभाव रहेको कोरोना संक्रमणको दर अब बढ्ने चिकित्सको अनुमान छ । पछिल्लो समय विदेशबाट आएका बाहेक जिल्लाभित्रैबाट उपचारका लागि जाने क्रममा कोरोना देखिएपनि नागरिकको चेतनास्तरमा परिर्वतन आउन सकेको देखिंदैन।

जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र स्थानीय तहले कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी नजिकिँदै गरेका प्रमुख चाडपर्वमा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड सार्वजनिक गरेको छ।

घरपरिवारभित्र र समुदायस्तरमा मनाइने चाडपर्व, जात्रा तथा उत्सवलाई लक्षित गर्दै अत्यावश्यक र अनिवार्य तथा आधारभूत मापदण्डको पालाना गर्न सार्वजनिक अपिल समेत गरेको छ ।

दशैं–तिहारजस्तो चाडमा थातथलो नर्फकन र जहाँं बसेको हो त्यहीं नै बसेर मनाउन आग्रह गरेपनि अहिले देखि नै जिल्ला जानेहरुको भीड देखिन थालेको छ ।

सामाजिक दुरी कायम राख्ने विषयमा समेत आम नागरिकले ध्यान नदिदा अवस्था नाजुक बन्दै गएको छ ।कोरोना संक्रमणलाई हेलचेक्रयाइँ गर्दा यसले दीर्घरोगी र वृद्धवृद्धाहरुलाई बढी असरको आँकलन समेत गर्न थालिएको छ।

कोरोनाले पखेंटा फिंजाउन थालेको अवस्थामा यसपटकको दशैंतिहारमा एउटै घरमा बस्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्न र भेट गर्नुपरेमा दुई मिटरको दुरी अनिवार्य कायम गर्ने, चाडपर्वका बेला सकेसम्म घरबाहिर नजाने र जानैपर्ने अवस्थामा माक्स अनिवार्य प्रयोग गर्ने, अनिवार्य रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने मापदण्डलाई विषेश ख्याल गर्नुपर्छ ।

मास्क लगाउने, ह्याण्ड स्यानिटाइजर बोकेर हिंड्ने र सामाजिक दूरी कायम गरेर बस्ने अभ्यासलाई अत्यन्त न्यून भएकाले यसलाई विषेश ध्यान दिनुपर्छ । चाडपर्वमा कोरोनाको संक्रमण म्याग्दीको समुदायमा फैलिनबाट जोगाउन सकेमा ठूलो जोखिम टर्न सक्छ ।अरुले केही गरिदिएन भन्दा पनि आफू सचेत हुनुको विकल्प देखिदैन । अब नागरिक आफंै सचेत नहुने हो भने स्थिति काबुभन्दा बाहिर जाने निश्चित छ ।

त्यस कारण सबैले आ–आफ्नो ठाउंँमा सचेत हुनुको विकल्प देखिदैन । एकले अर्कालाई जानेको सिकाउनुपर्छ आफै सचेत भएर बस्नु नै उत्तम विकल्प देखिन्छ । स्वास्थ्य मापदण्ड पालना गरी दशैंतिहार मनाउँ । बेनी साप्ताहिकको तर्फबाट सबैलाई शुभकामना । बेनी साप्ताहिक पत्रिकाबाट साभार

Leave a Reply