ल्याटिन भाषाको मेडिटरीबाट मेडिटेसन हुन गएको हो भन्ने भनाइ छ। मेडिटरीको अर्थ हुन्छ इलार्ज गर्नु। यसको मतलव मनको इलार्ज गर्ने प्रक्रियालाई नै मेडिटेसन भनिन्छ । मनुष्यको जिन्दगी सुखी हुनु वा दुखी हुनुमा उसको मनको हातमा निर्भर छ। किनकि मनुष्यको जिन्दगीलाई मनिटरीङ गर्ने काम उसको मनले गरिरहेको हुन्छ। यसकारण यदि उसको मन सुयोग्री छ भने उसको जिन्दगी सुगन्धित हुनसक्छ ।

यदि उसको मन अयोग्य छ भने दुर्गन्धित हुनसक्छ । जस्तैः उदाहरणका लागि एउटा फूलको बिरुवालाई हामीले राम्रोसँग गोडमेल गरिदिने र राम्रोसँग मलजल गरिदिने ग¥यौ भने त्यस बिरुवा दिनप्रतिदिन हुर्कदै जान थाल्दछ। यसरी विकसित हुदै गएको त्यस बिरुवाले आफ्नो विकासको अन्तिम शिखर चुम्यो भने आफ्नो सारा सुन्दरता प्रस्फुटन गर्छ।

र यसको साथै सुगन्धलाई समेत उद्घाटित गर्छ। यदि फूलको बिरुवालाई राम्रोसँग स्याहारसुसार नगरिदिने हो भने त्यस बिरुवाको पूर्ण विकास हुदैन । यसरी विकास हुन सकेन भने त्यस बिरुवाले फूल्न सक्नेछैन। र सुगन्धित बन्ने शौभाग्य पनि मिल्नेछैन। ठिक यसैगरी मनुष्यको मनलाई पनि राम्रोसँग सुव्यवस्थित गर्न सकियो भने निश्चय नै मन विकसित हुदै जाने छ।

यसरी विकसित हुदै गएको मनले एकदिन चेतनाको शिखर चुम्ने छ। त्यतिबेला मनुष्यको मनले आफ्नो सारा सुन्दरता प्रस्फुटन गर्नेछ । र यसका साथै मनभित्रका सारा सुगन्ध पनि स्खलित हुनेछ । त्यतिबेला मनुष्यको जिन्दगी बन्नेछ , आखिर चेतनाको अवस्थालाई कसैले मोक्ष कसैले सम्बोधी, कसैले निर्वाण , कसैले समाधि भनेका छन् ।

शाब्दिक स्तरमा आ(आफ्नो हिसाबले अर्थ्याए पनि समग्रमा आफूभित्र रमण गरि स्वयंसगै गदगद हुने स्थिति हो। आफू स्वयंभित्र विश्व ब्रह्माण्डको ज्ञान हुने स्थितिमा पुग्नु हो। यदि मनुष्यले आफ्नो मनलाई राम्रोसँग सुव्यवस्थित गर्न सकेन भने उसको मनको विकास हुदैन। यसरी विकसित हुन सकेन भने मनले आफ्नो चेतनाको शिखर चुम्न सक्दैन ।

अर्थात फुल्ने,फल्ने र सुगन्धित हुने शौभाग्य पाउदैन । मनको यहीँ अवस्थामा मनको उर्जा काम, क्रोध ,लोभ, मोह, घमण्ड र रागमा रोकिनु थाल्दछ।मनको गति रोकिएको अवस्थालाई नै रोग भनिन्छ। यस्तो रोग मेडिकलमा पाइने औषधिले जादैन।

विश्वका उत्कृष्ट डाक्टरहरुले इलार्ज गर्न सक्दैन । यसको इलार्ज ध्यानले गर्छ। यसकारण भगवान गौतम बुद्धले भन्नुहुन्थ्यो ( म एक चिकित्सक हुँ। मैले मनुष्य मनको चिरफार गरिदिन्छु। किनभने बुद्धले सम्पूर्ण मनुष्य जातिलाई ध्यान सिकाउनु हुन्थ्यो। ध्यानको ज्ञान दिइरहनु हुन्थ्यो ।आजको समयमा हरेक मनुष्यको मनमा दुख छ, आनन्द छैन । बेचैनी छ, सुख चैन छैन। निराशा छ,हर्ष उल्लास छैन । हरेक मनुष्य आज स्वयं आफुबाट भागिरहेको छ।

तर स्वयंसंग रम्ने सुखद स्थिति छैन। किनभने मनुष्यको मन अहिले रोगी छ। तसर्थ हरेक मनुष्यले आफ्नो मनको रोगबाट मुक्त हुन खोजेको छ। तर उपाय खोजेको छैन। त्यस उपायको नाम हो ध्यान ।