कोरोना संक्रमित थप एक म्याग्देलीको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७, का ८५ बर्षिय पुरुषको मंगलवार राती मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

गत असोज २९ गते कोरोना संक्रमण भएपछि केन्द्रको आइसीयुमा उपचारर्थ बृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण संगै दुबै फोक्सोमा निमोनिया तथा मुगौलाको समेत संक्रमण देखिएको थियो ।

सिकिस्त बिरामी भएपछि उपचारका लागि पोखरा उपचारको क्रममा पुग्दा उहाँको कोरोना परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । यसअगाडी धवलागिरी गाउँपालिका–५ मल्कबाङ स्थायी घरभई हाल लामाखेत बस्ने एक शिशुको काठमाण्डौ र रघुगंगा गाउँपालिका–२ भगवतीका एक पुरुषको समेत कोरोनाबाट मृत्यु भएको थियो ।

Leave a Reply