म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका पुर्व भारतीय सेनामा कार्यरत सुवेदार पदमबहादुर क्षेत्रीको नाममा भारतको असाममा सैनिक शैक्षिक संस्था स्थापना भएको छ।

भारतीय सेनामा कार्यरतर रहदाँ पाकिस्तानको यूद्धमा समेत महत्पपूर्ण भूमिका खेलेका क्षेत्री ‘रावल’को योगदानलाई उच्च सम्मान गदैं भब्य समारोहका बिचमा वोर्डको स्थापना गरिएको हो ।

भारत सरकारबाट त्री चक्र नामक प्रतिष्ठित सम्मान समेत प्राप्त गरिसक्नुभएका रावलको नाममा स्थापना भएको संस्थामार्फत सैनिकका छोराछोरीलाई शिक्षा सहित विभिन्न कार्यक्रमहरु गरिने जनाइएको छ ।

भारतीय सेनाबाट रिटायर्ड भएपछि गाउँ फर्किएर भानु मावि ब्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष सहित राजनीतिमा समेत सक्रिय हुनुहुन्छ ।

नेकपा वडा नं १ का अध्यक्ष समेत रहनुभएका रावलको गाउँमा उच्च योगदान रहेको भानु माविका प्रधानाध्यापक भरत खत्रीले जानकारी दिनुभयो । सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय रावलबाट विद्यालयको शैक्षिक गतिविधि सहित विकास निर्माणमा समेत योगदान रहेको छ ।

Leave a Reply