बेनी नगरपालिका-८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले दसैं भत्ता फिर्ता गर्ने भएका छन्। कोरोनाको जोखिममा नियम अनुसार पाइने चाडपर्व भत्ता आफ्नो खातामा गएको जानकारी पाएलगत्तै भत्ता नलिने निर्णय निर्णय गरेको घोषणा गर्नुभएको छ ।

नगरपालिकाका प्रबक्ता समेत रहनुभएका बराईलीले चाडपर्व भत्ताको रकमलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको बताउनुभयो ।  ‘मैले नियमित पाउने मासिक सुविधालाई समेत एउटा खातामा जम्मा गरेको छु,‘त्यसलाई वडाभित्र देखिने ठाउँमा प्रयोग गर्छु’ बराईलीले भन्नुभयो ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण अर्थतन्त्र थलिएको अवस्थामा दसैं भत्ता लिएको भन्दै विरोध भएको थियो। बेनी नगरपालिकाले ऐनमा तोकिए बमोजिमको भत्ता जनप्रतिनिधिको खातामा पठाएको जनाएको छ ।

म्याग्दीका जनप्रतिनिधिले लिएको दशैंभत्तालाई कोरोना कोषमा जम्मा गर्दा समेत कोरोना रोकथाममा आवश्यक उपकरण खरिद गर्न सकिने अवस्था रहेको सरोकारवाला निकायको भनाई छ ।

Leave a Reply