बेनी नगरपालिका-२, खवरा धनबहादुर पाठकद्धारा सहयोग अपिल गरेका छन् । मृगौला कलेजो र रगतमा जटिल समस्या देखिएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचारत पाठकलाई आर्थिक समस्या भएपछि सहयोगको याचना गरेका हुन् । असोज ३० गतेदेखि पोखरामा उपचारर्थ पाठकलाई थप आर्थिक जुटाउन नसकेको अवस्थामा घर फर्किनुपर्ने भएपछि परिवारले आर्थिक जुटाउन हारगुहार गरेका छन् ।

नीजि विद्यालयमा शिक्षण पेशामा संलग्न पाठकको उपचारमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान नै सञ्चालन सुरु गरेको छ । कोषका सदस्य कृष्ण जिसीको संयोजकमा आर्थिक संकलन अभियानमा सुरु गरिएको छ ।दुईदशक देखि न्यू वेष्ट पोइन्ट आवासीय माविमा कार्यरत पाठकको उपचारका हालसम्म २ लाख ४६ हजार सहयोग प्राप्त भएको पाठक बचाउ अभियानका संयोजक जिसीले बताए ।

‘उहाँको उपचारमा अव आर्थिक सहयोग नै अन्तिम बिकल्प हो,‘हामीले उपचारपछि पुनः विद्यालयमा देख्न चाहन्छौ’ जिसीले भने । घरको आर्थिक अवस्थाले केहीदिन औषधी सेवन समेत नपुग्ने भन्दै विद्यालयका पूर्व विद्यार्थी सहित शुभचिन्तकलाई अभियानमा सहभागि हुन अपिल समेत गरिएको छ ।

अभियानमा वेष्ट पोईन्टमा अध्यापन गराउदै आएका सहकर्मी शिक्षकहरुबाट ४६ हजार, वेष्ट पोइन्टका ७ औ ब्याजका पुर्व विद्यार्थी अर्पण श्रेष्ठको संयोजनमा ५१ हजार, निरन्जन श्रेष्ठ मार्फत १८ हजार, मनोज खड्काको संयोजनमा खवराबासीबाट २४ हजार ६०० सय विद्यालयतर्फबाट २० हजार रुपैयाँ सहित अन्य ब्यक्तिहरुको सहयोग गरेका छन् । थप जानकारीका लागि संयोजकः कृष्ण जिसीको फोन नम्वर ९८४७६४२८१६मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply