अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

स्वाब दिएर क्वारेन्टाइनमा नबसी अर्को जिल्ला पुगेकी महिलाको रिपोर्ट पोजेटिभ

On: October 23, 2020 7:48 AM
Follow Us:

बागलुङमा बिहिबार कोरोना पुष्टि भएकी बैंककी एक जना कर्मचारी अर्को जिल्ला पुगेको पत्ता लागेको छ । कोरोना परीक्षणको लागि स्वाब दिएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि बैंकमा कार्यरत रहेकी २४ बर्षिय एक जना महिला कर्मचारी स्वाब दिएपछि स्याङ्जा जिल्ला पुगेको पत्ता लागेको बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

उहाँले बिहिबार रिपोर्ट पोजेटिभ आएपछि जानकारी गराउन र आइसोलेसनमा राख्नको लागि सम्पर्क गर्दा २४ बर्षिय महिला स्याङ्जा जिल्ला पुगेको पत्ता लागेको बताउनुभयो । ‘कोरोना परीक्षणको लागि स्वाब निकालेपछि होम क्वारेन्टाइनमा बस्नुपर्छ’ ढकालले भन्नुभयो–‘तर उहाँ स्याङ्जा जिल्ला पुग्नुभएछ । हामीले स्वास्थ्य कार्यालय बागलुङलाई जानकारी गराएका छौं ।

स्वास्थ्य कार्यालयले स्याङ्जाको स्वास्थ्य कार्यालयलाई जानकारी गराउने छ र उहाँलाई आइसोलेसनमा राखिने छ ।’संक्रमण रोग ऐन २०२० अनुसार कोभिड–१९ परीक्षणको लागि स्वाब निकाले पछि उक्त व्यक्ति रिपोर्ट नआउँदा सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने र अवज्ञा गरेमा कारवाही गरिने जनाइएको छ । तर, बागलुङमा कन्ट्याक टे«सिङमा परेपछि र स्वाब परीक्षणको रिपोर्ट नआउँदा समेत बजारमा हिड्डुल गर्ने प्रवृतिको कारण समुदायस्तरमा कोरोना फैलिएको छ ।