कोरोना संक्रमणको महामारीको कारण यसबर्ष म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न कोत मन्दिरमा औपचारिक कार्यक्रम नगरी फुलपाती  भित्र्याइएको छ । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्म ल्याइएको फुलपाती बेनीको कोट मन्दिरमा  भित्र्याइएको थियो ।

कोरोना संक्रमणको महामारीको बखत भीडभाड नगर्न सरकारको आग्रह अनुसार हिन्दुधर्म, संस्कृति र परम्परा अनुसार पुजाआजा गरीएपनि यसबर्ष बोकाको बली र नेपाली सेनाले तोप पड्काउनुका साथै सलामी अर्पण नगरी पूजा गरिएको बेनी कोटभण्डार व्यवस्थापन समितिले जनाएको छ ।

कोट मन्दिरबाट शुरु भएको पञ्चे बाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पुजा गरेर फुर्सेको बली दिई कोटमा फुलपाती प्रवेश गराइएको बेनपा ८ का अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो । फुलपाती भित्राएको अवलोकन गर्न आएकालाई टिका लगाइएको थियो ।

यसबर्ष लक्ष्मीनारायण मन्दिर विकास समितिको टोलीले भजनकिर्तन समेत गरेनन् । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बेनपा–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाली सेनाका श्री बक्सका प्रतिनिधि, विरेन्द्रचोक टोलसुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ लगायतस्थानीय संघसंस्थाबाट समेत सहभागिता रहेको थियो ।वडा दशैंको बेला शक्तिपीठहरुमा भक्तजनहरुको ठूलो भीडभाड हुने गरेकोलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मन्दिर आसपासका क्षेत्रमा पूजाआजामा रोक लगाएको छ ।

फूलपातीमा निकै चहलपहल हुने जिल्लाको ग्रामिण क्षेत्रमा समेत विधि मात्रै पुरा गरिएको जनाइएको छ । बेनी नगरपालिका अन्तर्गत घतान कोट, पुलाचौर कोट, चिप्लेटीको निशानकोट, गाजनेको डढेकोट, ज्यामरुककोट तथा ताकमको ताकम कोटलगायतका दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधि अनुसार पुजाअर्चना गरी फुलपाती भिœयाइएको स्थानीयवासीले बताएका छन् ।

Leave a Reply