पर्वतमा आज (शनिबार) एकैदिन ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिकाका ९ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा गरिएको पिसिआर परिक्षणमा पर्वतको कुश्मा नगरपालिकाका ९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

शनिबार कोरोना पुष्टि हुनेमा कुश्मा नगरपालिका वडा नम्बर ६ का ५ जना क्रमश ३६,४०,५१,३२ र २९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ४ का ३९ वर्षीय पुरुष वडा नम्बर ५ का ३६ वर्षीय पुरुष र वडा नम्बर ७ का ४२ वर्षीय पुरुष रहेका छन्। एक जनाको ठेगाना खुल्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यलय पर्वतका जनस्वास्थ्य अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

संक्रमित सबै पुरुष कन्ट्राक्ट ट्रेसिङमा भेटिएका हुन । आईतबार मात्रै सदरमुकाम कुश्मा बजारमा ६४ जनाको कन्ट्राक्ट ट्रेसिङ गरिएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय ६१ पुगेको छ ।

Leave a Reply