---Advertisement---

किशोर-किशोरीको सक्रियतामा क्रियटिभ मञ्च गठन

On: October 25, 2020 8:21 AM
Follow Us:

किशोर किशोरीलाई लक्षित गरेर अभियान सञ्चालन गर्न म्याग्दीमा क्रियटिभ मञ्च गठन भएको छ । सामाजिक, मानवीय तथा रचनात्मक अभियानमार्फत समाज बदल्न रघुगंगा गाउँपालिका–३ का विवेक चन्दको नेतृत्वमा गठन भएको मञ्चले बेनपा–७ बिरेन्द्रचोकको सहिद स्तम्भमा खुल्ला पुस्तकालयमार्फत अभियानको सुरुवात गरेको हो ।

बाल विवाह रोक्ने, क्षमता विकास, शिक्षा स्वास्थ्यका साथै छुवाछुतका विषयमा समेत विद्यालयस्तरबाटै अभियान सुरु गर्ने उदेश्यले स्थापना भएको मञ्चको उपाध्यक्षमा शिवानी शर्मा, महासचिव सप्नम मल्ल,सचिव अजय मल्ल, सहसचिव आकृति पौडेल, कोषाध्यक्ष सुस्मिता भण्डारी, सहकोषाध्यक्ष नरेश शर्मा रहेका छन् ।

समितिको कार्यसमिति सदस्यमा बिरेन रामदाम, अञ्जली पाईजा, शुसान्त सुबेदी, सुलभ मल्ल, सुस्मा पौडेल र भविता थजाली रहेको अध्यक्ष चन्दले जानकारी दिए । ‘किशोर किशोरीमार्फत समाजमा रचनात्मक कार्यका लागि सक्रिय हुन्छौ,‘हामीले सिकेको र सिक्नुपर्ने सबै सिक्ने प्रयासमा छौ’ उनले भने।

गलत बाटोमा हिड्न लागेका किशोर किशोरीलाई समेत यो अभियानमा जोड्ने योजना रहेको छ।यसअगाडी समेत सस्थामा आवद्ध धेरैले विभिन्न सामाजिक संस्थामार्फत रचनात्मक कार्यमा सक्रिय भएका थिए । बालविवाह देखि आनबानी परिवर्तनलाई केन्द्रित गरी निकट भविस्यमा सम्मेलन समेत गर्ने योजना रहेको मञ्चले जनाएको छ ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन