कैलाली जिल्लकी कलावती सापकोटाले करिव एकदशक यता बेनी नगरपालिका–९ गलेश्वरधाममा बृद्धआश्रमको एउटा कोठामा दशै मनाइरहेकी छन् । श्रीमानसंगै कैलालीबाट आएकी उनले श्रीमानलाई आश्रममै गुमाईन्। घरमा छोराबुहारीले दसैंको टिकाको तयारी गरिरहेको समेत उनलाई कुनै चासो छैन् ।

आफ्नो पुरानो नाम कलावती सापकोटा भगवानलाई चढाएर पुरानो नाम र परिचय नै परिवर्तन गरी तुला गिरी राखेकी छन्। तुलाजस्तै नारायणीले गलेश्वर मन्दिरमा मुख्य पुजारीको हातबाट टिका लगाएर दसैं मनाउने योजना बनाएका छन्।गृहस्थी जीवन त्यागेर आश्रममा पुगेका बृद्धबृद्धालाई चाडपर्वको कुनै चासो छैन्।

घरमा छोराबुहारी भएपनि आश्रममा जीवन विताउनुपरेको बाध्यतासँगै तिज, दशैंतिहार र मातातीर्थ औंसीमा मन थामिदैन्। आफ्ना आफन्त, इष्टमित्र, घरपरिवार एक आपसमा बसेर मनाएका दसैंको सम्झनाले बेलाबेलमा सताउने गरेको बताउँछन्। ‘घरमा छोराछोरी छन्,‘उनीहरुले बेलाबेलमा बोलाउँछन्’ एक बृद्धाले भनिन् ।

रहर नभई बाध्यताले आश्रममा आएपनि आफ्नो छोराछोरीको इज्जतका लागी पुराना दिनलाई विर्सने प्रयास गरेको बताईन् ।‘अहिले आश्रम आफ्नै घरजस्तै भएको छ,‘चाडपर्व आउँदा विगतको सम्झना आएपनि चिन्ता लाग्न छोड्यो’ नारायणी गिरीले भनिन्।

उनले आफ्नो घर भएपनि हेर्ने कोही नभएपछि बृद्धाआश्रममा आएको बताईन्। कोरोनाको जोखिमसँगै यसबर्ष सहयोग गर्ने संघसंस्थाबाट समेत सहयोग नआएपछि बृद्धबृद्धाले आश्रमले ब्यवस्थापन गरेको खर्चबार्ट दशैं मनाइरहेका छन्।

म्याग्दीका विभिन्न स्थानबाटै आश्रममा रहेकाले समेत यसपटक आफन्तकोमा जान पाएनन्। आफ्ना छोराछोरी भएपनि समाजमा गलत सन्देश जान सक्ने भन्दै लुकाउने गरेको पुलस्त्य पुलअ अन्न्दान क्षेत्रका अध्यक्ष भिमनाथ पराजुलीले बताए।

‘अहिले केही घर जानुभएको छ,‘छोराबु्हारीले आश्रममा पठाएपनि नाती आएर लैजान्छन्’ पराजुलीले भने । आमाबुबालाई आश्रम खोज्ने छोराछोरीको नर्कमा बास हुने उनको भनाई छ ।

जन्मदिने आमाबुबा भगवानजस्तै हुने भएपनि आधुनिक समाजमा श्रीमतिको चाहना अनुसार जन्मदिने बुबाआमालाई समेत छोराले छोड्न तयार हुने गरेको पराजुलीको भनाई छ । केहीका छोराछोरीले चाडपर्वमा फोनबाटै भएपनि सम्झिएमा खुसी हुने बताए ।

आश्रममा ७ जना बृद्धबृद्धाको छोराछोरी रहेको उनले बताए । समाजमा हेला गर्लान र हेप्लान भन्ने डरले आफ्नो पीडा लुकाउने गरेपनि आफुँलाई खुलेर समस्या सुनाउने गरेको बताए ।

छोराछोरी र आफन्त भएका करिव १२ जना बृद्धबृद्धा रहेको आश्रमले जनाएको छ । मुक्तिनाथ मन्दिरको प्रवेशद्धार समेत मानिने गलेश्वरमा बसोबास गर्ने जेष्ठ नागरिकलाई विभिन्न क्षेत्रबाट आएका तिर्थयात्रीका साथै ब्यक्तिगत तथा संस्थागत रुपमै सहयोग गर्ने गरेका छन् । आश्रममा निशुल्क भोजनको सुविधा समेत छ

Leave a Reply