संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका म्याग्दीका थप चारजनामा कोरोना पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखराका अनुसार पिसिआर परीक्षणका लागि पठाइएको मंगला गाउँपालिकाका २ जना र धवलागिरी गाउँपालिका–७ का दुईजनामा कोरोना पुष्टी भएको जनाइएको छ ।

संक्रमति मध्ये दुईजना मंगला गाउँपालिकाका कर्मचारी हुन् भने धवलागिरी-७ का उपचारको क्रममा पोखरामा निधन भएका बृद्धको परिवारका सदस्य रहेको बताइएको छ। संक्रमतिको अवस्था समान्य रहेको बेनी अस्पतलाका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । ‘संक्रमतिसँगै घुलमिल भएका चारजनाका पुष्टी भएको हो,‘थप विवरण आउन बाँकी छ’कटुवालले भने ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विहान विज्ञप्तीमार्फत जानकारी दिने जनाइएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टी हुन थालेको छ ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अवस्थामा बेनी अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मी, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र संक्रमति विरामीको उपचारका लागि गएका आफन्तमा समेत कोरोना देखिन थालेको छ । यो सँगै कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोनाको पुष्टीले म्याग्दीमा समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ ।

Leave a Reply