---Advertisement---

चिर्पटले हानेर श्रीमतिको हत्या

On: October 26, 2020 7:42 AM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका-२ रुमको खवाङमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेर घर आएका ओमबहादुर दमाईले  ४४ बर्षिया श्रीमति रिमा दमाईलाई दाउराको चिर्पटले हानेर हत्या गरेका हुन्।

आइतबार राती अन्दाजी १०ः३० मा खुकुरी प्रहार गर्ने दमाईलाई स्थानीयबासिन्दाले राती ११ बजे नै नियन्त्रणमा लिएका थिए। इप्रका दरबाङका प्रहरी सहायक निरिक्षक बलराम पौडेलको नेतृत्वमा प्रहरीको टोली मध्यरातमा घटनास्थलमा पुगेको थियो ।

‘सधै मदिरामा लठ्ठ हुने दमाईले श्रीमतिलाई कुटपिट गर्ने गरेको देखिन्छ,‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ’ घटनास्थलमा रहेका पौडेलले भने ।  प्रहरीको टोली घटनाको जानकारी पाएलगत्तै सवारीसाधन र पैदलमार्गको समेत प्रयोग गरी मध्यरातमै घटनास्थलमा पुगेको थियो ।

प्रारम्भीक अनुसन्धानमा मदिरा सेवन गरी आएका दमाईले श्रीमतिलाई एक्कासी दाउराको चिर्पट प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । म्याग्दीमा हुने अपराधिक घटनाको मुख्य कारण मदिराको सेवन रहेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।