म्याग्दीको सदरमुकाम बेनीमा रहेको बालगृहका बालबालिकालाई बेनीका एक ब्यवसायीले हरेक बर्ष दशैंको दिन सहयोग गर्ने गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् बेनीमा ब्यवसायी सुविन श्रेष्ठले एघार बर्षदेखि निरन्तर दशैंमा खानेकुरा र दक्षिणा दिएर बालबालिकासँगै मनाउने गरेका हुन् ।

नेपाल बाल संगठन अन्तरगत सञ्चालिक बालगृहमा रहेका अनाथ बालबालिकालाई दशैंमा शुभकामनासँगै सहयोग गर्ने कार्यलाई भविस्यमा पनि निरन्तरता दिने श्रेष्ठले बताए ।

‘पहिलोपटक आउँदा भेटेको बालबालिका पनि यही छन्,‘अभिभावक छैनन्, मैले आमाबुबालाई सम्झिएर चिन्ता नहोस् भन्दै हरेक दशै मनाउने गरेको छु’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले बालगृहकाबालबालिका अनाथ नभएका बताउँदै सधै आफ्नो साथ र सहयोग रहेको बताए ।

बालबालिकाले समेत हरेक बर्षको दर्शैंमा रमाईलो गर्ने गरेका छन् । बालगृहकी आया सावित्री थापामगरले समाजसेवी श्रेष्ठले हरेक बर्ष गर्ने सहयोगसँगै जन्मदिन तथा अन्य अभियानमा समेत बालगृहमा आउने गरेको बताईन् ।

उनले समस्यामा परेका बालबालिकालाई निरन्तर सहयोग गर्ने गरेको बताउँदै अन्य दिनको तुलनामा चाडपर्वमा बालबालिकाले मिठो खाने र रमाईलो गर्ने गरेको बताईन्। बालगृहमा १३ जना बालबालिका छन्। यसबर्ष कोरोनाको जोखिमले ब्यक्तिगत र संस्थागत सहयोग समेत निकै कम भएपनि कुनै अभाव नभएको जनाइएको छ ।

Leave a Reply