म्याग्दीमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि जिल्लाभित्र रहेका १९ जना संक्रिय संक्रमित मध्य १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

संक्रमतिमध्ये मंगला गाउँपालिकामा ७ जना, बेनी नगरपालिकामा ३ जना र धवलागिरी गाउँपालिका २ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले जनाकारी दिए । ‘होम आइसोलेसनमा सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पोजेटिभ आएका हुनुहुन्छ,‘दैनिक स्वास्थ्यकर्मीको निगरानीमै हुनुहुन्छ’ लम्सालले भने ।

उनका अनुसार होम आइसोलेनमा बस्दा अपनाउनुपर्ने जनस्वास्थ्यकमा मापदण्डको कार्यान्वयनको अवस्थाको निगरानी, स्वास्थ्यमा समस्या आएमा तत्कालै उपचार, चिन्ह, लक्षण देखिएमा थप उपचारका लागि बेनीमा ल्याउने ब्यवस्था समेत मिलाइएको छ ।

नेपाल सरकारले सबै स्थानीय तहलाई ५ शैयाको अस्थायी कोरोना अस्पताल बनाउन आवश्यक बजेट समेत विनियोजन गरिसकेको अवस्थामा होम आइसोलसनमा बस्न समेत नसक्नेहरुलाई कोरोना अस्पतालमा राखेर उपचार गरिने छ ।

विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा स्थानीय तहले नै खर्च गर्ने समेत ब्यवस्था रहेको छ । यसैबीच बेनीमा रहेका क्वारेन्टाइन समेत विस्तारै निस्कृय गर्दैं जाने तयारी भइरहेको छ ।

स्बाब दिएर अनिवार्य होम क्वारेन्टाइनमा बस्ने, नेगेटिभ रिर्पोट आएपनि केहीदिन जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने ब्यवस्था बनाएर विद्यालयमा राखिएको क्वारेन्टाइनलाई हटाउने सोच रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ ।

Leave a Reply