पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए ।

‘आजैबाट अभियानको सुरुवात गदैछौ,‘पालिका भित्रका सबैलाई यो सुविधा लिन अपिल गर्छु’ मल्लले भने । उनले कोरोनालाई हेलचेक्राईको रुपमा लिन नहुने बताउँदै आफुँले संक्रमति हुदाँ भोगेको समस्यालाई समेत समुदायमा जानकारी गराउँदै अभियानलाई जनताको घरदैलोमै पुग्ने गरी सञ्चालन गर्ने बताए ।

‘एउटै घरमा धेरैमा लक्षण समेत देखिन्न सक्छ,‘आवश्यकता अनुसार थप स्बाब संकलन समेत गछौं’ अध्यक्ष मल्लले भने। मंगलबार विहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरमा स्वाब संकलन थाल्ने गाउँपालिकाले जनाएको छ।

अध्यक्ष मल्ल सहित विभिन्न ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई कोरोना देखिएपछि जलजलाबासी त्रसित भएका थिए । स्बाब संकलनमा परिचालन गरिएका स्बास्थ्यकर्मीले जनस्वास्थ्यकमा मापदण्डका बारेमा समेत जानकारी गराउने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

‘समुदायलाई कोरोनाको संक्रमणबाट जोगाउन पालिकाको अभियान प्रभावकारी हुनेछ,‘राजमार्गबाट आवतजावत गर्नेहरुबाट समेत जोगिनुपर्ने अवस्था छ’ शर्माले भने । हरेक घरमा एक जनाको स्बाब संकलन गरिएपनि कोरोना संक्रमितको परिवारका सबैको स्बाब संकलन गरिने छ । यसअगाडी गाउँपालिकाबाट करिब ५ सय जनाको पिसिआर समेत गरिएको थियो ।

यसैबीच तत्काल ५ शैयाको कोरोना अस्पतला बनाएर आवश्यकता अनुसार विस्तार गरिने, होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । जलजलाका कोरोना संक्रमतिबाट म्याग्दीको सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा समेत समुदायमै फैलिने जोखिम ह्वात्तै बढेको थियो ।

Leave a Reply