पाँच महिनादेखि घरपरिवारबाट सम्पर्कविहीन भएकी मालिका गाउँपालिका-५ जुग्जाकी एक यूवतीलाई स्थानीय यूवाको पहलमा छिमेकी धवलागिरी गाउँपालिका-२, लुलाङबाट उद्धार गरिएको छ ।

परिवारमा बस्ने र शिक्षादिक्षाको वातावरण नभएको भन्दै असार महिनामा निस्किएर सहयोगको खोजीमा हिडेकी १४ बर्षिया जयन्ती गिरीलाई सुर्यमुखी यूवा क्लवका सचिव दिल राना,सल्लाहकार बालकुमार फगामिको नेतृत्वमा गएको टोलीले लुलाङबाट उद्धार गरेको क्लवका सदस्य दिप मगरले बताए । ‘पढ्ने चाहना रहेछ,‘घरमा पढाईको वातावरण नभएकाले निस्केर गएको देखियो‘ मगरले भने । उनले क्लवको अगुवाईमा लुलाङमा पुगेर स्थानीय यूवा रेशम बहादुर विकसँग समन्वय गरी उद्धार गरी पढाउने प्रतिबद्धता जनाएपछि घरमै बसेको बताए । घरबाट निस्किएर ताकम हुदै मुना र लुलाङमा मागेर खाने र बस्ने गरेको पाइएको बता जन्मदिने आमाको मृत्यु भएपछि घरमा उचित वातावरण नभएको भन्दै सहयोगको खोजीमा एकमहिनादेखि लुलाङ भेटिएको खवर सोमबार बेनीअनलाइनले प्रकाशित गरेपछि यूवाहरुको टोलीले आफन्तको खोजी गरी उद्धारमा पुगेको थियो ।‘जुग्जामा आफन्तको खोजी गरेपछि लुलाङतर्फ प्रस्थान गरियो,‘सवारीसाधन र पैदलमार्गबाटै घरसम्म ल्याएर आउन सफल भयौं’ क्लवका सचिव रानाले भने । घरबाट जयन्ती हराएमा परिवार जिम्मेबारी हुने भन्दै बुबा कुलबहादुर र दाई ओमकार गिरीलाई समेत सचेत बनाएका छन् ।

त्यस्तै आवश्यक शिक्षादिक्षाका लागि क्लवमार्फत सहयोगको प्रतिबद्धता समेत जनाएपछि नियमित रुपमा विद्यालयको पठनपाठनमा सहभागीका लागि परिवारले समेत उचित वातावरण बनाउने प्रतिबद्धता जनाएको बताइएको छ । घरमा रहेकी बृद्ध हजुरआमाले समेत हराएकी नातिनी भेटिएपछि खुसी भएको बताईन् ।

यो पनि पढ्नुहोस् । देविस्थान जुग्जा घर भएकी यूवती एकमहिनादेखि लुलाङमा अलपत्र

 

Leave a Reply