पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा आफ्नै कोठामा एक अन्दाजी ३० वर्षीय पुरुष मृत अबस्थामा भेटिएका छन् ।

डिमुवा बजारमा चेतन मेडिकल सञ्चालन गर्दै आएका चेतन भन्ने चन्द्र बहादुर खत्रीको डेरामा बसेको कोठा भित्रै मृत अबस्थामा शव भेटिएको हो । यहि कार्तिक ८ गते बेलुका सम्म स्थानीयले देखेको भएपनि धेरै दिन सम्म नदेखेपछि खोजी गर्ने क्रममा कोठा भित्रै उनलाई मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार भित्रबाट चुक्कुल लगाएको र चुक्कुल तोडी हेर्ने क्रममा उनको शब मृत अबस्थामा भेटिएको हो । सुर्खेत जिल्ला चौकुन गाउँपालिका ७ का खत्री लामो समय देखि मोदी गाउँपालिका स्थित डिमुबा बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

आफ्नै कोठामा मृत भेटिएका केसीको मृत्युको कारण खुल्न सकेको छैन अहिले उनको शब पोष्टमार्टको लागि जिल्ला अस्पताल पर्वतमा ल्याउने तयारी गरिएको छ । श्रेष्ठका अनुसार आफन्तलाई जानकारी गराई सकिएको र आफन्त आएपछि मात्रै शबको पोष्टमार्टम गरी जिम्मा लगाउने उनले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।

Leave a Reply